पोखरा ।
गण्डकी प्रदेश सरकारले आगामी आव २०८३–०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।
प्रदेश सरकारले १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । प्रदेशसभाको बजेट अधिवेशन यही ११ जेठ देखि सुरू भएको थियो ।
यसबिचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।











