आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको थोरै स्थानहरू चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षातको सम्भावना छ ।

  • १९ जेष्ठ २०८३, मंगलवार ०७:०२ प्रकाशित