प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

दोस्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

तर विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

  • १८ जेष्ठ २०८३, सोमबार १७:०८ प्रकाशित