प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभामा बैठकमा उपस्थितः प्रश्न गर्न एक दललाई दिए दुई मिनेट, प्रतिपक्षीको नियमापत्ति

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।

प्रधानमन्त्री बालेन्द्र शाह संसद वैठकमा उपस्थित भएपछि उनलाई प्रश्न सोध्न सांसदहरूलाई खुला गरिएको छ । तर, सभामुख डोलप्रसाद अर्यालले एउटा दलका सांसदलाई दुई मिनेट मात्रै समय दिएका छन् ।

बैठकको सुरुमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए । प्रधानमन्त्रीले रोष्ट्रममा गएर आफूलाई प्रश्न सोध्न आग्रह गरे । त्यसपछि सभामुखले प्रत्येक दललाई दुई मिनेट समय दिएका हुन् । तर, प्रतिपक्षी दलहरुले यसमा नियमापत्ति गरेका छन् ।

नेकपाका युवराज दुलालले प्रतिनिधिसभा नियमावली ७९ को ५६ (१) को उल्लंघन भएको भन्दै दुख व्यक्त गरे । प्रधानमन्त्रीलाई लिखित प्रश्न सोध्न पाउनुपर्ने उनको भनाइ थियो । एमालेका सचेतक ऐन महरले पनि नियमापत्ति गरेका छन् ।

सभामुखले भने धेरै अगाडिदेखि प्रश्न सोध्न चाहेकाले तयारी नै होला भन्ने जवाफ दिए । उनले नियमावलीमा ३ दिन अगाडि नै लिखित प्रश्न सोध्न पाउनुपर्ने भन्ने उल्लेख नभएको जिकिर गरे ।

  • १७ जेष्ठ २०८३, आईतवार १३:४५ प्रकाशित