बजेटबारे सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै अर्थमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन् ।आज दिउसो सिंहदरबार स्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तर्क्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए ।

शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन गरिएको छ ।

  • १७ जेष्ठ २०८३, आईतवार ११:०९ प्रकाशित