पूर्वप्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना भएका छन् । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

आचार्यका अनुसार प्रचण्ड तीन दिनदेखि अस्वस्थ छन् । ‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरूले अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छन् । उहाँको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ’, आचार्यले भने ।

 

  • १६ जेष्ठ २०८३, शनिबार १३:४० प्रकाशित