एमालेले गर्यो २९९ जना केन्द्रीय सदस्यहरूको कार्य विभाजन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले केन्द्रदेखि पालिका तहसम्मै नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । शुक्रबार ‘अन्तर पार्टी निर्देशन–२’ जारी गर्दै पार्टीका २९९ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरेको हो । एमालेले जारी ४६ पेज लामो अपानीमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेषणसहित जिम्मेवारी बाँडफाँड गरिएको छ ।

अपानीमा संगठन सुदृढिकरणको लागि ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने निर्णयसहितका विषय छन् । अपानीमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र रिहाइको विषय, मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेशण, नेताहरूको कार्य विभाजनसँगै सचिवालय बैठकका निर्णयहरू समेटिएका छन् ।

एमालेले आगामी निर्वाचन र पार्टी सुदृढीकरणलाई ध्यानमा राख्दै अध्यक्ष ओलीसहितका पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई भूगोल र विभागको जिम्मेवारी तोकेर अपानी जारी गरेको हो ।

अपानी अनुसार पार्टी अध्यक्ष ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने उपाध्यक्षहरूलाई विभिन्न विभाग र क्षेत्रको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

त्यसैगरि महासचिव शंकर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।

  • १६ जेष्ठ २०८३, शनिबार ०९:५१ प्रकाशित