काठमाडौं।
गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् ।
उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी बेहोस भएका हुन् । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयोगीहरुको सहरामा हिँडेरै उपचारस्थलमा पुगेका थिए ।
ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर लडेको हुनसक्ने बताइएको छ ।बेहोस सैनिक जवानको परिचय खुल्न सकेको छैन












