सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने

केन्द्रभाग मिडिया

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते पेश गर्ने भएको छ ।संघीय संसदको संयुक्त बैठक शुक्रबार अपराह्न ४ः०० बजे बजेट पेश गर्ने तयारी भईरहेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । यसैगरी प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते शुक्रबार साँझ ०५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिए ।हाल प्रतिनिधिसभाको बैठक बसिरहेकै संसद् हलबाट बजेट ल्याउने तयारी गरिएको छ ।

  • १३ जेष्ठ २०८३, बुधबार १७:२६ प्रकाशित