नेपालमा गरिबी २०.२७ प्रतिशतमा झर्‍यो, नेपालीको औसत आयु ७१.३ वर्ष

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपालमा निरपेक्ष गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशतमा झरेको छ ।

बुधवार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार बहुआयामिक गरिबी पनि १७.४ प्रतिशतमा सीमित भएको छ ।

स्वास्थ्य सेवामा सुधारसँगै नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको छ ।

यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ भने माध्यमिक तहको खुद भर्ना दर ५१.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

  • १३ जेष्ठ २०८३, बुधबार १५:१३ प्रकाशित