आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन् ।

‘आर्थिक वर्ष २०८३-८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छ,’ प्रतिनिधिसभाको बैठकलाई उनले जानकारी गराइन् ।

यसले नेपाली बजारको माग मात्रै पूरा नगरी विदेश निर्यात हुने उनको विश्वास छ । साथै, नेपाल काठमा पूर्ण आत्मनिर्भर पनि हुने उनले बताइन् ।

  • १३ जेष्ठ २०८३, बुधबार १३:५४ प्रकाशित