प्रधानमन्त्रीले आज ईयूआबद्ध देशका राजदूत र उच्चस्तरीय प्रतिनिधिमण्डलसँग छलफल गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ(ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र उच्चस्तरीय प्रतिनिधिमण्डलहरूसँग छलफल गर्ने भएका छन् ।उनले मंगलबार बिहान (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले बिहान ११:३० बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

  • १२ जेष्ठ २०८३, मंगलवार १०:५२ प्रकाशित