कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक जेठ १३ गते बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को तेस्रो बैठक आगामी जेठ १३ गते बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

दुलालले बिहीबार सूचना जारी गर्दै प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरेका छन् ।

बैठकका लागि चार प्रस्तावहरू तय गरिएको सूचनामा उल्लेख छ । बैठकमा प्रतिष्ठानको दोस्रो बैठकबाट चयन भएका विभिन्न उपसमितिका संयोजकहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै, बैठकले आवश्यकताअनुसार थप नयाँ उपसमितिहरू गठन गर्ने र तिनको संयोजकको जिम्मेवारी समेत तय गर्ने, सातै प्रदेशमा सम्पन्न भएका प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमहरूको समीक्षा गर्ने र पार्टीको नीतिगत सुधार र आगामी प्रशिक्षण रणनीतिबारे अन्य विविध विषयमा पनि छलफल हुने दुलालद्वारा जारी सूचनामा उल्लेख छ ।

  • १० जेष्ठ २०८३, आईतवार १४:४२ प्रकाशित