पोखरा ।
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा अचानल बेलुन फुटेर विस्फोट हुँदा घाइते उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौें पठाइएको हो ।
अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्र्याँदैछ ।
अर्थमन्त्री पौडेलको अनुहार र हात तथा प्रमुख आचार्यको देब्रे पट्टीको गाला र हातमा चोट लागेको छ । कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि बेलुन विष्फोटहुँदा दुर्घटना भएको हो ।