सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

केन्द्रभाग मिडिया

काठमाडौं।

सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन ।

जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरू गरिरहेको एसएसपी रमेश थापाले बताए ।

काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ । भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका थिए । सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतले पनि विभिन्न विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेको छ ।

  • १८ कार्तिक २०८२, मंगलवार १४:१५ प्रकाशित