भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतले राजनितिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो ।

दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

भूराजनीतिक विषयवस्तु र त्यसमा उच्चपदस्थ राजनीतिक संलग्नताबारे विवादास्पद अन्तर्वार्ता सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि दाहाल पक्राउ परेका थिए ।

  • ६ आश्विन २०८३, मंगलवार १७:०७ प्रकाशित