काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसमको पूर्वानुमान महाशाखा पुगेका छन्।मंगलबार त्यहाँ पुगेर उनीहरूले यही असोज ८,९ र १० गते सम्म हुने भनिएको भारी वर्षाको अवस्थाको जानकारी (अपडेट) लिएका छन्।
भारी वर्षाको सम्भावित अवस्था र त्यसबाट पर्न सक्ने प्रभावबारे जानकारी लिएका छन्। मन्त्रीद्वयले मौसमको पछिल्लो अवस्था, वर्षाको पूर्वानुमान तथा सम्भावित जोखिमबारे सम्बन्धित अधिकारीसँग अपडेट लिएका हुन्।













