स्याङ्जामा अवैध गिट्टीबालुवा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जामा अवैध गिट्टीबालुवा ओसारपसार गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वालिङ नगरपालिका वडा नम्बर ०१ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा ग १ त ४४८९ नम्बरको ट्याक्टरले अवैध रुपमा गिट्टीरबालुवा ओसार-पसार गरेको फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

अस्थायी प्रहरी विट रामबाच्छा स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उक्त ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाईएकोमा नगरपालिकाले तीन हजार जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ ।

  • ६ आश्विन २०८३, मंगलवार १६:४१ प्रकाशित