एकदिवसीय शृंखला

नेपाल ‘ए’ को क्लिनस्विप हार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल ए ले क्लिनस्विपको हार व्यहोरेको छ । युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको हो।

२८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले । सिनियर क्रिकेट र लिस्ट ए मा उनको पहिलो शतक । यू १९ अन्तर्राष्ट्रियमा भने दुई शतक हानेका छन् ।

अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन् । देव खनाल ११, नरेन भट्ट १५, विनोद भण्डारी ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए ।

 टियु क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थियो ।

  • २५ चैत्र २०८०, आईतवार १६:२६ प्रकाशित