नेपालले आज भारतमा गुजरातसँग फाइनल खेल्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।नेपाल ४ खेलमा ३ मा जित १ मा हारसहित शीर्षस्थानमा रहेको थियो । गुजरात ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । बरोडा ४ खेलमा ३ मा हार १ मा जितसहित पुछारमा रहेको थियो ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ । नेपाल फाइनल सकेर उतैबाट ओमान जानेछ ।

  • २५ चैत्र २०८०, आईतवार ०९:०५ प्रकाशित