उद्योग वाणिज्य महासंघको मतगणना स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उद्योग वाणिज्य महासङ्घको मतगनणना रोकिएको छ । मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि वरिष्ठ उपाध्यक्षको मतगणना स्थगित भएको हो ।
अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत ल्याएका छन् भने अन्जान श्रेष्ठले ४१७ मत ल्याएर संघईलाई पछ्याउँदा उमेशलाल श्रेष्ठले ३१७ मत ल्याएका छन् ।

अहिले वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मतगणना भइरहेको छ ।

  • ३० चैत्र २०७९, बिहीबार १०:१९ प्रकाशित