काठमाडौं ।
कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त भएकी छिन् ।
नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतकमा यादव र सचेतकमा मीन विश्वकर्मालाई नियुक्त गरेका हुन् ।
स्रोतका अनुसार देउवाले बुधबार उनीहरूलाई नियुक्त गरेका हुन्। यसअघि कांग्रेसका प्रमुख सचेतक रहेका बालकृष्ण खाण थिए। एक वर्षअघि उनी गृहमन्त्री बनेका थिए। कांग्रेस सचेतक पुष्पा भुसाल गत साता उपसभामुखमा निर्वाचित भएपछि दुबै पद खाली भएको थियो।













