पोखरा ।
पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ । अहिले कार्यसमिति अन्तर्गत साधारण सदस्यहरुको मतगणना जारी रहेको छ ।हालसम्म १६ सय बढी मत गणना सम्पन्न भएको छ ।
जारी मतगणनामा कार्यसमिति सदस्यकी उम्मेदवार दुर्गा बरालले १६६२, अमृत पोख्रेलले १६५० निर्मला चापागाई १५०७, रामेश्वर अधिकारी १४०१, भानुभक्त अधिकारी १३८२ , गोविन्दबहादुर के।सीले १४१०, कमलबहादुर सुनारले १३३९, मनोहरी पौडेलले १४१५, दिलीप कुमार श्रेष्ठले १३८२ मत पाएका छन् ।
यस्तै रामप्रसाद कँडेलले १३६०, हरिप्रसाद अधिकारीले १२९३, सुर्यराज घिमिरेले १२४०, नविन नापितले १२७१ मत प्राप्त गरेका छन् ।
३६ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हिजो मतदान भएको थियो । २ हजार ७ सय ३१ सदस्य रहेको उद्योग वाणिज्य संघमा अध्यक्ष र पदाधिकारीका लागि २ हजार २ सय ७४ मत खसेको थियो । अध्यक्ष पदका लागि चार जना प्रतिस्पर्धामा छन् । अर्जुन पोखरेल, बलराम आचार्य, शोभा गौतम र उत्तममान बुद्धाचार्यबिच प्रतिस्पर्धा छ ।
निर्वाचनले अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए ।












