काठमाडौं।
साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा उत्साहजनक सुधार देखिएको छ। आज नेप्से १८.०७ अङ्कले बढेर २५६०.८४ विन्दुमा पुगेर बन्द भएको छ।
आज बजारमा कुल ३५२ वटा कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ५० हजार ८४४ पटक खरिदबिक्री भएका छन्। यसबाट कुल ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कुल १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्यमा गिरावट आएको छ। ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।











