सुनसरी।
सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको सोमबार बिहान चट्याङ लागेर ज्यान गएको छ।
कोशी गाउँपालिका-६ का २६ वर्षीय पप्पु यादव भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए।
मृतक यादवको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल इनरुवा पठाइएको छ भने घटना सम्बनधमा थप अनुसन्धान भइरहेको प्रमुख सापकोटाले बताए। रासस












