सुन मूल्य प्रतितोला एकलाख माथि

केन्द्रभाग मिडिया

काठमाडौं । सनेको मूल्य मंगलबार पनि बढेको छ ।सो मबार छापावाला सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० रुपैयाँले वृद्धि भएर एक लाख ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मुल्य पनि तोलममा ८०० रुपैयाँले बढेर ९९ हजार ८०० रुपैयाँ पुगेको छ । तेजाबी सुन सोमबार तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

सोमबार तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा २० रुपैयाँले बढेर एक हजार ३९२ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

गएको फागुन २५ गते तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य चैत २ गत एक लाखबाट तल झरेको थियो ।

  • ८ चैत्र २०७८, मंगलवार १२:१७ प्रकाशित