घोषणापत्र बनाउँदै दलहरुः एमालेले वैशाख ९ मा सार्वजनिक गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले घोषणापत्र बनाउन कस्सिएका छन् ।

स्थानीय तह निर्वाचनमा पाँच वर्षअघि आफूले गरेको प्रतिबद्धता अनुसार काम गर्न असफल भएको आरोप लागेका दलहरु यसवर्ष मतदातालाई आफ्नो पक्षमा पार्नका लागि घोषणा पत्र बनाउन लागी परेका हुन्।

यसैबीच नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ ।

एमाले पोलिटव्यूरोको सोमबार बसेको बैठकले पार्टी स्थापना दिवसकोअवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

  • ७ चैत्र २०७८, सोमबार १५:५६ प्रकाशित