प्रदेश नं २ को प्रदेशसभामा एमाले भन्दा एकीकृत समाजवादी वलियो

केन्द्रभाग मिडिया

पोखरा । नेकपा एमाले औपचारिक रूपमा विभाजन भएपछि प्रदेश नं .२ को प्रदेश सभामा नेपाल पक्ष नै बलियो देखिएको छ भने एमाले कमजोर।

प्रदेश सभामा एमालेका २१ सांसद छन्, जसमध्ये १३ जना नेपाल पक्षका छन भने एमालेमा ८ जना मात्रै छन् ।
सर्वोच्च अदालतले नेकपा बदर गर्दै एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएपछि माधव नेपाल पक्षले एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई बहुमतसहित हटाएर शत्रुधन महतोलाई राखेको थियो।

प्रदेश २ सरकारमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी पनि सहभागी हुने भएको छ।
नेकपा एमालेबाट अलग्गिएर नयाँ दल एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता गरेलगत्तै नेपाल पक्षले प्रदेश २ को सरकारमा सहभागी हुने तयारी गरेको हो।

प्रदेश सांसद महतोले एकीकृत समाजवादी पार्टीतर्फका प्रदेश सांसदहरू प्रदेश सभामा उपस्थित भएर सनाखत गर्ने तयारी भइरहेको जानकारी दिए।

प्रदेश सांसदहरू गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, डिल्लीप्रसाद उप्रेती, रवीन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ आफ्ना पक्षमै रहेको दाबी एकीकृत समाजवादीको छ।

‘दल विभाजनपश्चात् पनि हालसम्म १३ जना प्रदेश सांसद नयाँ दल एसकै पक्षमा छन्। भोलिपर्सि सम्मा प्रदेश सभामा सनाखत गराउने हाम्रो तयारी छ,’ प्रदेश सांसद महतोले केन्द्रखबरसँग भने, ‘संख्या केही घटबढ हुन सक्छ। तर बढ्ने सम्भावना बढी छ।’

पार्टीका सांसदको सनाखतलगत्तै एकीकृत समाजवादीको दलको बैठक बसी सरकारमा जाने निर्णय गरिने उनले बताए।
‘सांसदको संख्याका आधारमा महत्त्वपूर्ण र एकभन्दा बढी मन्त्रालय लिएर सरकारमा जाने हाम्रो तयारी छ,’ उनले भने, ‘दलको बैठकबाट दलको नेता चयन र के कसरी अघि बढ्ने विषयमा छलफल हुन्छ।’

  • १५ भाद्र २०७८, मंगलवार १२:५५ प्रकाशित