राम्रो सम्बन्ध नरहेको सिटौलाको घरमै पुगेर विश्वप्रकाशले लिए आशीर्वाद

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको घरमै पुगेर आशीर्वाद लिएका छन् ।

लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेको भनिएका सिटौलालाई भेट्न शर्मा निवासमै पुगेका थिए । चण्डोलस्थित सिटौला निवासको आँगनमा सिटौलाले शर्मालाई खादा र अबिर लगाइदिएर शुभकामना दिए । सो क्रममा सिटौलाले सफल कार्यकालको शुभकामना दिए ।

शर्मा र सिटौलाबीच लामो समयदेखि सम्बन्ध राम्रो नभएको बताइन्छ ।

  • ४ पुष २०७८, आईतवार १६:१५ प्रकाशित