मन्दिरका पुजारी ल्याएर चुनावी अभियानका लागि सम्पर्क कार्यालय खोले निधिले

केन्द्रभाग मिडिया

पोखरा । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधिले चुनावी अभियानका लागि सम्पर्क कार्यालय खोलेका छन्।

शुक्रबार दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्।
बिहान नौ बजेको शुभसाइतमा उनले विभिन्न मन्दिरका पूजारी ल्याएर २१ ताराको पूजा गरेका थिए।

निधिको सचिवालयका अनुसार पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पूजारी तथा पण्डितबाट पूजा गरिएको थियो।

भिन्न ज्योतिष, पञ्चाङ्ग निर्णायक समिति, बौद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलनाहरूले पनि विजयको आशिर्वाद दिएका थिए।
निधिले दिउँसो सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्। सम्पर्क कार्यालयमा निधिका समर्थकरशुभेच्छुक नेतारकार्यकर्ताको उपस्थित थिए।

निधिले सम्पर्क कार्यालयका लागि बैंक्वेट नै भाडामा लिएका छन्। सम्पर्क कार्यालयमा स्वास्थ्य उपचारसम्मको व्यवस्था गरिएको छ।
निधि यसअघि सभापति शेरबहादुर देउवाको समूहमा थिए। यसपालि देउवाले आफूलाई सभापति सघाउनु पर्ने उनको माग थियो। देउवाले आफू नै एक पटक फेरि सभापति उठ्ने बताएपछि निधिले देउवासँग प्रतिष्पर्धा गर्ने निर्णय गरेका हुन्।

पटक(पटक सर्दै आएको कांग्रेसको १४ औं महाधिवेशन मंसिरमा हुँदैछ।

 

  • ११ भाद्र २०७८, शुक्रबार १५:०९ प्रकाशित