चीनबाट सामान भित्रिने क्रम बढ्यो, तातोपानी नाकामा कार्गोको लाइन

केन्द्रभाग मिडिया

काठमाडौं ।

तातोपानी नाका हुदैँ चीनबाट सामान नेपाल भित्रिने क्रम बढेको छ । तातोपानी नाका नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाकामध्ये एक हो । यो नाकाबाट दुई महिना यता नेपाल भित्रिने कार्गोको संख्या बढेको तातोपानी भन्सार प्रमुख नारद गौतमले जानकारी दिएका छन् ।

पहिले दैनिक सातदेखि आठवटा कार्गो नेपाल भित्रिने गरेकोमा यो सातादेखि उक्त सङ्ख्या बढेर १३ देखि १८ वटासम्म पुगेको उनको भनाइ छ।

उनले भने,‘अहिले पहिलेजस्तो समय लागेको छैन। सम्भव भएसम्म नेपाल भित्रिने कार्गो संख्या बढाउने योजना छ। त्यसका लागि चिनियाँ पक्षसँग नियमित सम्पर्कमा छौँ,’ ।

उनका अनुसार चीनबाट हाल स्याउ, ओखर, तयारी लुगा, जुत्ता, रासायनिक मल आदि आपूर्ति भइरहेको छ। व्यवसायीहरूले आफ्नो सामान नाकापारि रोकिएको गुनासो गरे पनि कति सामान रोकिएका छन् भन्ने बारे भने स्पष्ट विवरण नभएको गौतमको भनाइ छ।
यो नाका अन्तर्गतका सडक जिर्ण हुदाँ नाका भन犀利士
े आंशिक रुपमा सञ्चालन हुदैँ आइरहेको छ ।

गत साता सभामुख अग्निप्रसाद सापकोटा, अर्थमन्त्री जनार्दन शर्मालगायत तातोपानी नाकाको अवस्था निरीक्षणका लागि पुगेका थिए। व्यवसायीहरूले सडक विस्तार र व्यवस्थापनको विषयमा मन्त्री शर्माको ध्यानाकर्षण गराएका थिए।

तातोपानी नाकाको बाटो सामान्य नभई बाढी, पहिरोलगायत पहिरोले ध्वस्त भएकाले तत्काल निर्माण कार्य अघि बढाउन सम्भव नभएको डिभिजन सडक कार्यालय, चरीकोटका प्रमुख अर्जुन सुवाल बताउँछन्।

उक्त सडक निर्माणका लागि ५८ करोड रुपैयाँ छुट्ट्याइएको छ। तर त्यो रकम पर्याप्त नहुने उनको भनाइ छ। उनी परामर्शका लागि समेत बजेट नभएको बताउँछन्।

  • २८ कार्तिक २०७८, आईतवार १०:०८ प्रकाशित