काठमाडौं ।
नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले विदेशबाट ल्याएको रक्सी जफत भएको छ ।
उनले लण्डनबाट ल्याएको ६ बोटल रक्सी त्रिभुवन विमास्थल भन्सार कार्यालयले जफत गरेको हो । तोकिएको मापदण्ड भन्दा धेरै मदिरा ल्याएकाले जफत गरिएको विमानस्थल भन्सार शाखाले जनाएको छ । रक्सी जफतका बेला सिईओ रेग्मी र भन्सार शाखाका कर्मचारीबीच भनाभन र धकेला धकेल भएको पनि बताइएको छ ।
भन्सार ऐनले विदेशबाट १ लिटर मदिरा ल्याउन छुट दिएको छ। सोभन्दा बढी ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने र अनुमति लिनुपर्ने व्यवस्था छ।