पोखरा ।
स्याङ्जाबाट पोखरातर्फ आउँदै गरेको मोटरसाईकल दुर्घटना हुदाँ बाबाछोरी घाईते भएका छन् ।
आज सवा १ बजेको समयमा स्याङ्जा पुतलीवजार नगरपालिका १० राङखोला स्थित सिद्वार्थ राजमार्गमा ग ७ प ९६५९ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
मोटरसाइकल सडकबाट अन्दाजी ५ मिटर तल खस्न पुग्दा मोटरसाईकलमा चालक जिल्ला रोल्पा सुनछहारी गाँउपलिका १ घर भई पोखरामा काम गर्ने वर्ष ३८ को सागर बुढाथोकी र पछाडि सवार निजकै छोरी वर्ष १५ की सम्झना बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको उपचार जारी रहेको बताइएको छ ।