हुम्ला ।
केही दिनदेखि मौसम बदलेदेखि हुम्लामा निरन्तर हिमपात भईरहेको छ ।
मौसममा खराबीसँगै हुम्लाको हिल्सा क्षेत्रमा सातायता भारी हिमपात भइरहेको हो ।हिमपातका कारण हिल्सा र आसपासका क्षेत्रको जनजीवन कष्टकर बनेको छ । । हुम्लेली हिमपातका कारण घरबाहिर निस्कन सकेका छैनन ।
उनीहरु हिमपात भएदेखि नै घर भित्रै थुनिएर आगो तापेर दैनिकी कटाएको बताइएको छ । चिसोले बाहिर निस्कन सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।
हिमपातका कारण नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द भएको जनाइएको छ । हिमपातका कारण सडक तथा सञ्चार सम्पर्क पनि विच्छेद भएको बताइएको छ ।