बागलुङ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका –७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन( ७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् । उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् ।
नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए । बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरू पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।