श्री एयरलाइन्सको जहाज चिप्लियो, घाँसे मैदानमा पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।

मंगलबार बिहान नेपालगन्ज जानका लागि पार्किङबाट ट्याक्सी वेबाट गुड्दै गर्दा जहाज चिप्लिएर घाँसतिर गएको हो । जहाजमा कुनै क्षति भने भएको छैन । जहाजको पाङ्ग्रा ट्याक्सिवेबाट बाहिर गएको थियो ।

जहाजका यात्रु कसैलाई चोटपटक लागेको छैन । जहाजको प्राविधिक परीक्षण भइरहेको श्री एयरलाइन्सले जनाएको छ ।

जहाजमा धावनमार्गमा नभएका कारण अन्य उडान प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

  • १९ आश्विन २०७८, मंगलवार ११:२७ प्रकाशित