आगामी चुनावमा एमालेको बहुमत आउँछ, ओली नै प्रधानमन्त्री : पौडेल

केन्द्रभाग मिडिया

sf7df8f}F, !% sflQs-/f;;_M /fli6«o ;dfrf/ ;ldlt-/f;;_nfO{ cGt/jftf{ lbg] qmddf lvlrPsf] cy{dGqL lji0f' kf}8]nsf] t:jL/ . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडौं ।

नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनमा एमालेको बहुमत आउने र पार्टी अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । पार्टीबाट चोइटिएको समूहले चुनावमा एमालेलाई कुनै पनि असर पार्न नसक्ने उनको दाबी छ ।

उपमहासचिव पौडेलेले भने, “एमाले फुट्यो भन्ने निष्कर्षमा म सहमत छैन । दक्षिणपन्थीहरुको सहानुभूतिमा सानो झुन्ड चोइटिएको मात्र हो । त्यसकारण एमाले विद्यमान कानुनी आधारमा नफुट्ने भयो भनेर अध्यादेश नै ल्याउनुपर्यो । अब हामी पार्टीलाई पुरानो अवस्थामा फर्काउने मात्र होइन, अझ सशक्त, गतिशील र शक्तिशाली बनाउँछौं ।

पौडेलले थपे, “२०५४ सालमा चाहिँ एमाले साँच्चै फुटेको थियो । केन्द्रीय कमिटीको आधा हिस्सा मालेमा लागेको थियो । बामदेव गौतम, सीपी मैनाली, आरके मैनाली, सहाना प्रधान, सीतानन्दन राय, अशोक राईहरु विभाजनमा लाग्नुभएको थियो । संसदीय दल आधा फ्याक भएको थियो । तलदेखि माथिसम्म विभाजन भएको थियो ।

महाकाली सन्धि, भारत र अमेरिकाको विरोधमा सशक्त नारा लागेका थिए । तर पनि अलग भएको मालेले एक सिट पनि जित्न सकेन । जमानत समेत जोगिएन । एकीकृत समाजवादीको त कहीँं कतै केही सम्भावना छैन । अब एमालेले बहुमत ल्याउँछ, सरकार बनाउँछ । केपी ओली फेरि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नुहुन्छ ।”

ओली अहिले ७० नपुगेकाले महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार नभएको उनको भनाइ छ । उनले भने, “पार्टीको लोकतान्त्रिकीकरणका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हदको कुरा विधानमा समेटिएका हो ।

दुई कार्यकाल, उमेर हदका विषय पहिल्यै निर्णय भइसकेका कुरा हुन् । आजीवन नेतृत्वमा बस्ने प्रवृत्ति हटोस् र नेतृत्व हस्तान्तरण हुँदै होस् भनेर ती प्रबन्ध गरिएका हुन् । केपी शर्मा ओली अहिले ७० पुग्नुभएको छैन । उहाँलाई अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार छैन । पार्टीले पत्याएसम्म उहाँ अध्यक्ष रहिरहनुहुन्छ ।”

  • १२ आश्विन २०७८, मंगलवार १२:४५ प्रकाशित