एमाले अध्यक्ष ओलीले आज सम्पादकसँग छलफल गर्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गगर्ने भएका छन्। आज अपराह्न छलफलको कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री हुदाँ पटक पटक सम्पादक संग छलफल गरेका ओलीले सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलो पटक सम्पादकसँग छलफल गर्न लागेका हुन् । नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् ।

मिडिया सम्पादकहरूसँगको छलफल अपराह्न ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

  • १२ आश्विन २०७८, मंगलवार ११:०४ प्रकाशित