प्राविधिक समस्या कारण विराटनगरमा ल्यान्ड हुन नसकेको बुद्ध एयरको जहाज काठमाडौंको आकासमा होल्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसके पछि पुनः काठमाडौं फर्किएको छ ।

प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको बताइएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । जहाज अहिले काठमाडौंको आकाशमा घुमिरहेको छ । अहिले विमानस्थलमा अन्य उडान बन्द गरिएको छ ।

  • ११ आश्विन २०७८, सोमबार १०:३० प्रकाशित