कांग्रेस महामन्त्री खड्कालाई कोरोना, क्लोज कन्ट्याक्टमा हुनेलाई सर्तक रहन आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (आइतबार) गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्का स्वयम्ले जानकारी दिएका छन् ।

उनले लेखेका छन्,‘८ गते ४ बजे देखि ज्वरो खोकि सुरु भएको , आज १० गते एन्टिजिन र पीसीआर परिक्षण गराउँदा दुबैमा पोजेटिभ।
धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । ८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध’ ।

महामन्त्री खड्काले आफ्नो क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

  • १० आश्विन २०७८, आईतवार १६:१७ प्रकाशित