एक मत अन्तरले यम प्रकाश गुरुङ सभापतिमा बिजयी

केन्द्रभाग मिडिया

पोखरा ।
यम प्रकाश गुरुङ मादी गाउँपालिका कास्कीको सभापतिमा बिजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा गुरुङले प्रतिस्पर्धी देविजैग गुरुङलाई एक मतले पछि पादै गाउँपालिकाको सभापति निर्वाचित भएका हुन् ।

कूल खसेको २०४ मतमध्ये देविजंगले ९२ मत प्राप्त गर्दा याम बहादुरले ९३ मत प्राप्त गरेका हुन् ।

उपसभापतिमा लिला मोहन कुइकेल, कृष्ण चन्द्र बराल निर्विरोध निर्वाचित भएका छन्। सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ निर्वाचित भएका छन् । उनीहरु क्रमश १२१ र ११४ मत पाए ।

सह सचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल निर्वाचित भएका छन् उनीहरुले क्रमश ८१ र ८२ मत प्राप्त गरेका छन् ।

  • १० आश्विन २०७८, आईतवार १२:१३ प्रकाशित