कांग्रेस पोखरा महानगरको निर्वाचमा १,३४४ मत खस्यो, आजै मतगणना

केन्द्रभाग मिडिया

पोखरा ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरका लागि भएको मतदान सकिएको छ ।

१३७० मतदाता रहेको मनानगरमा ४ बजेको निर्धारीत समयसम्म १३ सय ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ । महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार छन् ।

पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे, पत्रकारद्धय गंगाधर पराजुली र ज्योति हमाल सभापतिका उम्मेदवार छन् ।

यस्तै उपसभापतिमा पनि ६ जनाको उमेद्धारी छ । उपसभापतिको उमेद्वार प्रयागराज भण्डारी, कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल छन् ।

सचिवमा गणेशबहादुर थापा, टुवराज बास्तोला र सुरेन्द्रबाबु तिवारी उम्मेदवार छन् । यस्तै कास्कीका अन्य ४ गाउँपालिकामा पनि कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । सबै पालिकामा आजै भरेबाट मतगणना सुरु हुने कास्की कांग्रेसले जनाएको छ ।

  • ९ आश्विन २०७८, शनिबार १७:३७ प्रकाशित