अबको चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउँछ : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

मकवानपुर ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा एमाले कमजोर हुने दाबी गरेका छन् । आज ९शनिबार० हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली गालीगलौजमा उत्रिएको भएपनि आफूहरु त्यस्तो नगर्ने पनि स्पष्ट पारे ।

अध्यक्ष नेपालले ओलीले आफ्नो प्रधानमन्त्री पद नै गुम्न लागेको भन्ने डरले प्रतिनिधिसभा विघटन गरेको पनि स्मरण गराए । उनले ओलीले १५ वर्षसम्म प्रधानमन्त्री बन्ने सपना देखेर संसद् विघटन गरेको पनि दाबी गरे ।

समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै देश र जनताको हितका लागि काम गर्ने बताउँदै उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको बताए । विरोधीहरुले भनेजस्तो नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्लाका पछि नलाग्न समेत उनले आग्रह गरे ।

  • ९ आश्विन २०७८, शनिबार १७:२२ प्रकाशित