किन गरेन एमालेले वामदेव गौतमको राजीनामा स्वीकृत ?

केन्द्रभाग मिडिया

काठमाडौंँ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए । तर, एमालेले निर्वाचन आयोगमा उपाध्यक्षमा बामदेव गौतमको राखेर पार्टीको विवरण अपडेट गराएको छ ।

सुरुमा माधव नेपालको पार्टी नेकपा एकिकृत समाजवादीमा लाग्ने उद्योस गरेका गौतम पछि व्याक भएका थिए । अहिले उनि कतै पनि खुलेका छैनन् ।

गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको राजीनामा स्वीकृत नभएको बताए ।

पार्टीले राजीनामा स्वीकृत गरे–नगरेको औपचारीक जानकारी नदिए पनि निर्वाचन आयोगमा उपाध्यक्षमा गौतमको नाम उल्लेख गरिएकाले राजीनामा अस्वीकृत भएको अर्थमा हेरीएको छ ।.

  • ८ आश्विन २०७८, शुक्रबार ११:४२ प्रकाशित