अनेरास्ववियुका केन्द्रीय सदस्य विवेक त्रिपाठीले लिए विद्यार्थी राजनितीबाट विदा

केन्द्रभाग मिडिया

कास्की ।

अनेरास्ववियुका केन्द्रीय सदस्य विवेक त्रिपाठीले विद्यार्थी राजनितीबाट विदा लिएको घोषणा गरेका छन् । विगत लामो समय देखि विद्यार्थी राजनीती गरेका त्रिपाठी साविक कास्की क्षेत्र नम्वर ४ को क्षेत्रीय सचिव , अध्क्षय , महानगर संयोजक हुदै केन्द्रीय सदस्य बनेका थिए ।

उनले “भने विगत दुई दशक देखि विद्यार्थी आन्दोलनमा लागे अव नयाँ विद्यार्थी साथीहरुलाई पनि अवसर दिनु पर्छ लामो समय एउटै फाटमा काम गर्दा उमेर हद पनि लागु हुनु पर्ने भएकाले मुलधारको राजननिती तिर लाग्नु पर्ने जस्तो मलाई लाग्यो विद्यार्थी राजनितिमा ठुलो जाम भएको छ त्यसैले अव पार्टीमा काम गर्ने योजना बनाए ” ।

विद्यार्थी क्षेत्रमा रहदा त्रिपाठीले देउसी भैलो खेलेरनै गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागी प्रगतीशिल छात्रवृतीको अक्षयकोषको संथापक भएर काम गरेका थिए ।

त्रिपाठले भुकम्पले क्षती पुराएका केही जिल्लाहरुमा आवास निमार्णमा नेतृत्व गरेका थिए । अखिलको न्यानो कम्मल अभियान ,लिफट लिऔँ लिफट दिऔँ अभियान संंचालन गरेका थिए ।

देशका पालीकाहरुमा युवाहरुलाइृ राजनितिमा समाहित गराउन नमुना युवा सासंदको नेतृत्व समेत गरेका थिए । त्रिपाठीले आफ्नो विद्यार्थी राजतिनिकालमा विद्यार्थीहरुको हक हितको लागी विभीन्न अभियान संचालन गरी नेतृत्व गर्दै आएका छन् ।

तत्कालीन कास्की जिल्लाको ९ औँ माधिवेशका गावीसवाट जिल्लाकै सवैभन्दा वढी मत ल्याएर १७ वर्षको उमेरमा जिल्ला प्रतिनिधी समेत बनेका थिए । कास्कीका त्रिपाठी राष्ट्रीय युवा परिषदको संघीय युवा क्लव संजालको संस्थापक अध्क्षय समेत रहेर काम गरेको अनुभव लिएका छन् । विद्यार्थीको शैक्षीक गुणस्तर बढाउन के गर्न सकिन्छ भनेर उनी चिन ,वङगलादेश , मलेसिया लगाएत राष्«हरुमा अध्यँन समेत गरेका थिए ।

उनले आज सामाजीक संजालमा एक स्टाटस लेख्दै आफु अब मुलधारको राजनितिमा काम गर्ने गरी विदा लिएको बताएका छन् ।

त्रिपाठीले हालै मात्र अनेरास्ववियुको नयाँ कार्यसमिती चयन भए लगतै आफु पार्टीको राजनीतीमा लाग्ने र नेपाली जनताको सेवा गर्ने उल्लेख गरेका छन् । त्रिपाठी लेख्छन् “ आजदेखि विद्यार्थी राजनीतिबाट सन्यास र नेपाली राजनीतिको मुलघार प्रवेश गर्ने स्वःघोषणा गर्दछु ।

राजनीतिले हामी सबैको जिन्दगीमा प्रभाव राख्दै आइरहेको छ । राजनीति स्वतः स्वयम्म् र अहम भन्दा माथी हुन्छ, मुलुकको मुल राजनीतिबाट मात्र देशको रुपान्तरण सम्भव छ, त्यसैले मेरो लक्ष्य जुनसुकै पार्टीमा रहेर वा नरहेर पनि नेपाली जनताको सेवा गर्ने धर्म बनाउने प्रण गरेको छु। मदन भण्डारीलेभने जस्तै राजनीतिमा थकाइ मार्नु भएन नि । आज सम्म विद्यार्थी राजनीतिमा साथ दिनुहुने सबैप्रति आभार व्यक्त गर्दछु उनले लेखेका छन् ।

  • ७ आश्विन २०७८, बिहीबार १७:११ प्रकाशित