गठबन्धन टुट्दैन, गठबन्धनमा निकै सुमधुर सम्बन्ध छ : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबनधनमा निकै सुमधुर सम्बन्ध रहेको भन्दै बाहिर आएको हल्लामा विश्वास नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पाँच दलीय गठबन्धन नटुट्ने पनि दाबी गरे ।

उनले गठबन्धनको आधार नै राष्ट्रियता भएको सुनाए । उनले आगामी दिनमा आईपर्ने सबैखाले समस्या पार गरेर अघि बढ्ने पनि विश्वास दिलाए । उनले गठबन्धन चलाउन पनि सहज नभएको स्विकारे । तर, कुनै बाधा र अवरोधले गठबन्धन नरोकिने उनले विश्वास दिलाए ।

उनले मुलुक बनाउने ऐतिहासिक जिम्मेवारी आफूहरुको काँधमा आएको भन्दै प्रभावकारी भूमिका खेलिने स्पष्ट पारे । उनले भने,‘हामी सकारात्मक भूमिका खेल्दै जानेछौं । सबै खाले विकृतिविरुद्ध जुध्नेछौं ।’ उनले आफ्नो पार्टी जनताको आशा र भरोसाको केन्द्र बन्ने पनि दाबी गरे ।

  • ७ आश्विन २०७८, बिहीबार १५:३६ प्रकाशित