नेकपा एसले टुँग्यायो पदाधिकारीको

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको नाम टुँगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको नाम सहमतिमा टुँगो लगाएको हो ।

मंगलबारदेखि  काठमाडौंमा जारी बैठकले पार्टीको महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ । भने अन्य ४ जनालाई उपाध्यक्षमा नियुक्त गरेको छ । जसमा राजेन्द्र पाण्डे, जयन्ती राई, प्रमेश हमाल र धर्मनाथ शाह रहेका छन् । बैठकले  उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई  चयन गरेको छ ।

त्यसैगरी एसको सचिवमा रामकुमारी झाँक्रीसहित ४ जना रहेका छन् । झाँक्रीसहित जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरीलगायत सचिवमा चयन भएका छन् ।

उनीहरुको नाम चयन भए पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुन भने बाँकी रहेको छ ।

  • ७ आश्विन २०७८, बिहीबार १४:०६ प्रकाशित