डा. भुसाल बने नेकपा एसको महासचिव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)को महासचिवमा वेदुराम भुसाल चयन भएका छन् । आज बसेको सचिवालय बैठकले उनको नाम चयन गरेको हो ।
सचिवालयले चयन गरेपनि भुसालको नाम केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्नेछ । आजै बस्ने केन्द्रीय कमिटी बैठकले उनको नाममा सहमति जनाउने बुझिएको छ ।

भुसाल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्र हुन् । उनी राष्ट्रिय सभा सदस्य पनि हुन् ।

नेकपा एसको अन्तरिम विधान टुंगो लागेपछि भुसालको चयन हुन लागेको हो । एसको अन्तरिम विधानमा अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ को व्यवस्था गरेको छ ।

  • ७ आश्विन २०७८, बिहीबार १४:०० प्रकाशित