कांग्रेसको पदाधिकारी बैठक आज

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बैठक बुधबार दिउँसो तीन बजे बस्नेछ ।

सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिए । स्रोतको अनुसार प्रधानमन्त्री देउवाले नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेका छन । खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो ।

  • ६ आश्विन २०७८, बुधबार ०९:३५ प्रकाशित