संसदमा एमालेको विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं । आज प्रतिनिधि सभाको बैठकमा रोचक दृश्य देखियो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरुको नारावाजीका बाबजुद बैठक अगाडि बढाए ।

नेमकिपा सांसद प्रेम सुवालले आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भनी प्रस्ताव राखे । प्रस्ताव बहुमतले अस्वीकृत भयो ।

त्यसपछि अर्थमन्त्री जर्नादन शर्माले आर्थिक अध्यादेश २०७८ लाई पेस गरे । अध्यादेश बहुमतले स्वीकृत भएको घोषणा सभामुख सापकोटाले गरे ।

आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भयो । नारावाजीका बीच निर्णयार्थ प्रस्तुत भई बहुमतले स्वीकृत भएको घोषणा समेत गरे

  • २५ भाद्र २०७८, शुक्रबार १५:१८ प्रकाशित